फेसबुकमा अनावश्यक कमेन्ट आएर हैरान हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्

काठमाडौं । चैत्र २३, सामाजिक सञ्जालको जति तिव्र गतिमा विकास भइरहेको छ । यसमा हुने अपराधहरु पनि बढ्दै गएका छन् । धेरैको फेसबुक पोष्टहरुमा अनावश्यक र नकारात्मक दृष्टिकोणबाट आउने कमेन्टहरुले मानसिक तनाव दिइरहेको हुन्छ ।
फेसबुक पोष्टमा कसले कमेन्ट गर्न पाउने कसले नपाउने भन्ने कुरा यसरी नियन्त्रण गर्नहोस् :
मोबाइलमा फेसबुक लग इन गरेपछि आफ्नो एपमा जानुहोस त्यहाँ र दायाँ तर्फको तीनवटा थोप्लो देख्नुहुनेछ । जाहाँ सेटिङ एन्ड प्राइभेसी भेटिन्छ र त्यो सेटिङमा अप्सनमा जानुहोस । तल प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्ट भेट्नुहुनेछ र सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् । अब भने पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।
पुनः स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा गई तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।
यसरी कमेन्ट नियन्त्रण गर्नहोस् :
कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा गएर त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा थिचेर भित्र जानुहोस् । त्यहाँ तपाईले Who can comment on your post ? भन्ने अप्सनमा छनोट गरी त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स अथवा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । यसरी गर्नुभयो भने तपाईलाई जो सुकैले पनि कमेन्ट गर्न पाउने छैनन् ।