वायु प्रदूषणमा विश्वकै नम्बर एक सहर-काठमाडौं

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो।

वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा रहेको छ।

वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ भने एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

गत सोमबार राजधानीको आकाशमा बादल नभए पनि तुवाँलोले सूर्यको प्रकाश छेकेका कारण वातावरण धुम्मिएको थियो। राजधानीका विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषण मापक स्टेसनले सोमबार काठमाडौंको हावा अस्वस्थकर रहेको देखाए। कीर्तिपुर, रत्नपार्क, भक्तपुर तथा भैंसेपाटीमा रहेका वायु प्रदूषण मापन केन्द्रले पछिल्लो २४ घण्टामा एक्युआई २०० देखि २५० सम्म पुगेको देखाए। गत बुधबार पानी परेपछि राजधानीले केही राहत पाएको थियो।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्