मंगलबारको दिन यस्ता कर्म गर्नाले शुभ खबर प्राप्त हुन्छ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ भन्ने विश्वास धार्मिक मान्यताअनुसार रहिआएको छ त्यसैले यस दिनलाई गणेश भगवानको दिनसँगै हनुमान जीको दिन पनि भनिन्छ ।

मंगलबारका दिन निम्न काम गर्नुहास्:

  • मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।
  • जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी मंगलबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
  • मंगलबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास रहेको छ ।
  • मंगलबारका दिन एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्ने । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।
  • मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउदा हरेक समस्या समाधान हुन्छ ।
  • मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।
  • शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्