म्याग्दीमा ४७ वटा वनमा आगलागी हुँदा १२ सय हेक्टर क्षेत्रमा क्षति

म्याग्दी । चैत्र २५, म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । आगलागीद्धारा सयौँ रूखबिरुवा जलेर नष्ट हुनुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार समेत नष्ट भएका छन् ।
हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा आगलागीका घटना घटिरहेका छन् । वनमा लागेको डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरण सहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गरेको छ ।