नयाँ वर्षको अवसरमा सानिमा बैंकको नयाँ अफर

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ रहर, नयाँ अफर योजना ल्याएको छ।

२०७७ चैत २९ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुने उक्त योजना अन्तर्गत अनलाइन सपिङ पोर्टल दराजको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामग्री खरिद गर्दा विशेष छुट पाईने भएको छ ।

बैंकका ग्राहकहरुले डेबिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन्क्रे भने डिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्छन्।

 

 

प्रकाशित : 10 April, 2021

प्रतिक्रिया दिनुहोस्