शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं । चैत्र २९, काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि आगलागी भएको छ ।
आगो आइतबार बिहान करिब ९ः३० बजेबाट बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको र नियन्त्रणको प्रयास भइरहेको निकुञ्जले बताएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । आगो नियन्त्रणमा तीन वटा दमकल पनि प्रयोग भइरहेको निकुञ्जका कर्मचारी सुरेन्द्र लामाले इमेजखबरलाई जानकारी दिनुभयो ।