चेम्बरको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, नेपाल चेम्बर अफ कमर्सको राजेन्द्र मल्ल अध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।

यस्तै, उपाध्यक्षमा वाणिज्यतर्फ दीपक मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूमध्ये १५ जना वाणिज्यतर्फ, नौ जना उद्योगतर्फ, १५ जना जिल्लातर्फ र एक जना नगरतर्फ, नौ जना वस्तुगत संघतर्फ, तीन जना द्विर्राष्ट्रिय संस्थागत, तीन जनाले पद तथा गोपनीयताको सपथग्रहण गरिसकेका छन् ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्