दोलखामा जिप दुर्घटना, चार जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । चैत ३१, दोलखामा गएराति जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए । उनीहरू सबै सिँगटी गाउँका हुन् ।

घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौँमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ ।

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्