डिर्भोस पछि पुरुष र बिहेपछि महिला मोटाउनुको रहस्य

काठमाडौं । बैशाख ०२, सामान्यतया कुनै पनि महिलाहरुको विहेपछि शरीर भद्धा हुँदै जान्छ । ओहायो विश्वविद्यालयमा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ ।
महिलाहरुले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो शरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जान्छ ।
त्यसैगरी, पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । विहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस् हुँदैन र मोटाउँछन् ।