फिल्मकर्मीद्धारा नाक, कान तथा घाँटी रोग उपचार केन्द्र संचालनमा

काठमाडौं । बैशाख ०३, निर्माता, निर्देशक, छायाँकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले जमल–विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् ।
नयाँ वर्षको अवसर पारेर पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घाँटी स्वास्थ्य परामर्श शिविर समेत आयोजना गरिएको छ ।
उक्त केन्द्र ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घाँटी विशेषज्ञहरु डा. दिपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सविना श्रेष्ठ, डा. राजेश देव र डा. जयनेन्द्र प्रधानाङग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टले सञ्चालनमा ल्याएका हुन् ।
त्यसैगरी, फिल्म निर्माता तथा प्रदर्शक छिरिङले कला क्षेत्रसँगै अन्य क्षेत्रबाट समेत टेवा पु¥याउने उद्येश्यले केन्द्रलाई सञ्चालनमा ल्याएको बताए ।