बैवाहिक सम्बन्धमा गासिँन अब जन्म दर्ता वा नागरिकता अनिवार्य

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, पश्चिम जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको हो ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकता अनिवार्य गर्ने निर्णय गरेका हुन् । विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेरेर मात्र व्यानर वा कार्ड छाप्न पाउनेछन् । प्रहरीले बढ्दो बालविवाह रोक्नका लागि विवाहका लागि मुख्य सरोकारवालालाई सचेत गराएको छ ।

पुरोहित झक्कुप्रसाद उपाध्यायले विवाहका लागि गरिने सम्पूर्ण काम कानुनविपरीत नहुने गरी सहमति गरिएको बताए । ‘बालविवाह विरुद्धको अभियानमा सबैले साझा सहमति गरेका छौं,’ उनले भने, ‘हाम्रो सानो प्रयासले पनि बालविवाह रोक्न भूमिका खेल्नेछ ।’ उनले आगामी दिनमा विवाहका लागि लगन हेर्नुपूर्व महिला र पुरुषको जन्मदर्ता हेरी कानुन बमोजिम उमेर पुगे र नपुगेको यकिन गरिने बताए ।

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्