सुरु भयो सेतो मच्छेन्द्रनाथको रथयात्रा, राष्ट्रपतिबाट रथको दर्शन गरी प्रसाद ग्रहण गरीने

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार बेलुकी ६ बजेबाट काठमाडौंमा सुरु हुँदै छ ।

उक्त रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, रथको दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ भने तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्