हवाई भाडामा वृद्धि

काठमाडौं । बैशाख ०७, नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा समेत बढाएको छ ।
त्यसैगरी, निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएपछि संघले न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म विभिन्न गन्तव्यको समेत हवाई भाडा बढाएको हो ।
संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका लागि १० रुपैयाँ तथा अधिकतम ८५ रुपैयाँ भाडा वृद्धि भएको गन्तव्यमा काठमाडौं–नेपालगञ्ज रहेको छ ।