१८ अक्षरको गीत लेखेर नयाँ विश्व कीर्तिमान कायम

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, गीतकार डा. डि.आर. (धर्मराज) उपाध्यायले १८ अक्षरको गीत लेखेर र १५० भन्दा बढी देशका पर्यटकीय क्षेत्रको नाममा गीत तयार गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । यसअघि पनि विभिन्न ३२ विधामा कीर्तिमानी कायम गरी सकेका छन् ।

उनले १७५ देशका मुद्राहरुको नाम समेटेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखेर, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखेर र १६४ प्रजातिका चराको नाम समेटेर पनि गीत लेखेका छन् । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले यसरी गीत संगीत सम्बन्धि ५१ वटा रेकर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए ।

डा. उपाध्याले हामी नेपालीहरु पनि साहित्य तथा गीत सँगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफूले यस्तो रेकर्ड बनाएको बताए ।

प्रमाणपत्र प्रदान कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले कीर्तिमानी गीत सुनाए ।

उक्त कार्यक्रममा उपाध्यायको कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धडकन, धर्ती र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण गरे ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्