सीनामंगलको सूर्य ल्याबमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका, प्रहरीको छापा
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०७, काठमाडौंको सीनामंगल स्थित रहेको सूर्य ल्याबमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा प्रहरीले ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

स्वाब नै नलिइकन ल्याबले कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको भेटिएको छ । ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको एसएसपी खापुङले बताए ।


