सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ नियम लागु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, कोरोना महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ नियम लागू गरिएको छ ।

सो नियम अनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।

त्यसैगरी लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने पनि पराजुलीले बताए ।

 

 

 

 

 

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्