आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०८, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाको विभागले देशभर मौसमको प्रभावबारे आज विवरण सार्वजनिक गरेको छ ।

आज (बुधबार) बिहानैदेखि नै देशभरका विभिन्न स्थानमा मौमस बदली भएको छ। त्यसैगरी दिउँसो पनि देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्