बागलुङमा पनि लकडाउन

सहयात्रा टिभी

बागलुङ । बैशाख ०८, हिजो एकै दिन ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङको बलेवा क्षेत्रमा पर्ने तीन वडाहरु १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले बताउनु भयो ।

 

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्