मेगा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । बैशाख ०९, मेगा बैंकले विभिन्न पदका लागि सातै प्रदेशकामा ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ ।
बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो भने बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सकिनेछ ।