२८ औं पासाङ प्रतिष्ठा दिवस, नेपाली महिलाको शिर ठडिएको दिन

काठमाडौं । बैशाख १०, वि.स.२०५० वैशाख १० गते नेपाली झण्डासहित नेपाली महिलाले सगरमाथामा चुचुरो चुम्न सफल भएको दिन। त्यस दिन नेपाली महिलाको शीर उठेको दिन थियो। अझै पनि वैशाख १० गते अर्थात् आजकै दिन नेपाली महिला र आम नेपालीमा एउटा जीत भएको मानिँदै आएको छ।
जापानी आरोही महिला जुन्को तापेइको पहिलो आरोहणसँगै संसारका १६ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्दा समेत नेपाली महिलाले त्यो आँट र साहस राख्न सकेको थिएन।
संसारले नेपाल, नेपाली, हिमाल र शेर्पालाई चिनाउन पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पापछि महिलाको तर्फबाट पासाङ ल्हामु शेर्पा नै पहिलो हुन्। नेपालीको विजयको दिन पनि २८ वर्ष विती सकेको छ। बैसाख १० लाई फाउण्डेशनले उहाँको सम्मानमा पासाङ ल्हामु दिवशको रुपमा मनाउने गरेको छ।
पासाङ ल्हामु शेर्पाको सम्मानमा २०५० जेठ २६ गते दर्ता गरी स्थापना भएको ‘पासाङ ल्हामु फाउण्डेशन’ले प्रत्येक वर्ष पासाङ प्रतिष्ठा दिवस मनाउँदै आएको छ। यो विषेश दिन भएकाले विभिन्न कार्यक्रम गरी उनको सम्मान गरिँदै आएको छ।
नेपाल सरकारले पासाङ्ग ल्हामु शेर्पा सलाई गरेको गरेको सम्मानहरुः
१) २०५९ वैशाख ९ गते राष्ट्रिय विभूति घोषणा ।
२) नेपाल तारा अलंकारले पुरस्कृत
३) सुप्रदिप्ती मान्यवर नेपाल ताराको विभूषण प्रदान
४) हुलाक टिकट प्रकाशन
५) त्रिशुली–धुन्चे सडकलाई पासाङ ल्हामु राजमार्ग नामाकरण
६) खुम्बु क्षेत्रमा रहेको ७,३१५ मिटरको जसाम्भा हिमाललाई पासाङ ल्हामु हिमाल नामाकरण
७) काठमाडौंको चुच्चेपाटीमा पासाङ्ग ल्हामु स्मृति पार्क निर्माण गरी प्रतिमा राखिएको
एजेन्सीहरुको सहायतामा