खाने तेलको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, नेपाली बजारमा खाने तेलको मूल्य फेरि बढेको छ ।

हाल सरकारी नियामक निकायकै मिलेमतोमा तेलको मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप रहेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो ।

त्यसैगरी, सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ ।

बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भटमासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।

यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो ।

 

 

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्