धुर्मुस सुन्तली फाउण्डेशनले १ लाख रुपैंया सहयोग पाए

काठमाडौं । बैशाख १०, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले धुर्मुस सुन्तली फाउण्डेशनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिका रामपुरमा निर्माण भैरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख रुपैंया सहयोग गरी एउटा कुर्सी खरिद गरेको छ।
त्यसैगरी, गत फागुन ८ गते भएको स्पोर्टस अवार्डबाट बचत भएको रकम मध्येबाट सो कुर्सी खरिद गरिएको बताईएको छ।
उक्त संघका अध्यक्ष दिपक श्रेष्ठद्धारा रंगशाला निर्माणका खटिरहेका प्रशिध्द हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई १ लाख रुपैंयाको चेक हस्तान्तरण गरीयो।
संघले देशमा खेलकुदको विकास र खेलाडीहरुलाई सुबिधा सम्पन्न बहुउदेश्यीय रंगशाला निर्माणका लागि लिएको अग्रसरताप्रति फाउण्डेशन र मुख्य व्यक्तित्व धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई धन्यवाद ज्ञापन पनि गरेको छ।