अक्सिजनको माग तीन गुणाले वृद्धि

काठमाडौं । बैशाख १४, नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भएसँगै अक्सिजनको माग पनि तीन गुणा बढेको उद्योगी बताउँछन् ।
नेपालमा अक्सिजन अभाव भने छैन तर समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले बताएका छन् ।
संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयातरखरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ रहेको छ ।