आज देशभर मौसम कस्तो रहला ?

काठमाडौं । बशाख १७, आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानाएकोे छ ।
त्यसैगरी, देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको बताईएको छ ।
त्यस्तै, राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। यता, देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।