आफु चढेकै बसबाट उत्रिँदा किचेर ज्यान गयो

मोरङ । बशाख १७, मोरङ लेटाङ नगरपालिका–८ स्थित जाँते बजारमा मिक्लाजुङ–५ जोगिटारका ५१ वर्षीय सहवीर मगरको बसले किचेर मृत्यु भएको छ। बिहीबार बेलुका साढे ५ बजे पथरीबाट जाँते हिँडेको को१ख १९२४ नम्बरको बसले उनलाई किचेको थियो।
सोही बसमा चढेका मगरलाई झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले बताएको छ। बस र चालक पथरीशनिश्चरे–४ का ३३ वर्षीय गंगाप्रसाद लुइँटेल प्रहरीको नियन्त्रणमा रहेको छ।