महामारीको समयमा निःशुल्क एम्बुलेन्स सेवा, एम्बुलेन्स र चालकको फोन नं सहित

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ । कोभिड संक्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।

उक्त सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।

एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेका छन् ।
चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ ।

एजेन्सीहरुको सहयोगमा

 

 

 

 

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्