चट्याङ लागेर रोल्पामा एकको मृत्यु

सहयात्रा टिभी

दाङ । बैशाख १७, रोल्पामा चट्याङ लागेर सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक घाइते भएका थिए भने उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्