जन्ती बोकेको बस दुघर्टना, मोटरसाइकललाई ठक्क दिँदा चालकको मृत्यु

सर्लाही । बैशाख १८, जिल्लाको गोडैता नगरपालिका–५, रामवनमा आज (शनिबार) बिहान जन्ती बोकेर सर्लाहीकै गडहीयाबाट हरकठवातर्फ आउँदै गरेको ना४ख १०८९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
त्यस्तै, दुवै घाईतेलाई बरहथवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुरतर्फ रेफर गरिएको डिएसपी भाटले जानकारी दिए । दुर्घटनामा संलग्न बस र त्यसका चालक इलाका प्रहरी कार्यालय हीरापुरको नियन्त्रणमा रहेका छन्।
आज बिहान ७ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहटको गढिमाई नगरपालिका–८, का २५ वर्षीय जयचन्द्र साहको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा मोटरसाइकल पछाडि सवार गढिमाई नगरपालिका–८, रौतहटकै ३५ वर्षीय बिगु साह र सोही ठाउँका शिव शङ्कर साहका छोरा ८ वर्षीय विनेश कुमार साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डिएसपि) उद्धवसिंह भाटले बताए।