काठमाडौंमा २४ घण्टामै १,९३२ संक्रमित थपिए

सहयात्रा टिभी

काठमाडौं । बैशाख १८, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४९५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यसैगरी, मुलुकभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ जनामा कोरोना संक्रमण देखिएकोमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९५ संक्रमित थपिएका हुन् ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ भने एक हजार २८७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 1 May, 2021

प्रतिक्रिया दिनुहोस्