बाँकेमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

बाँके । बैशाख १९, बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुषलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
त्यसैगरी, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको शनिबार साँझ ६ बजे मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो ।
यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् ।