दुई करोड ७५ लाख लगानीमा अक्सिजन उत्पादन कार्य शुरु : काठमाडौं महानगरपालिका

काठमाडौं । बैशाख २०, काठमाडौँ महानगरपालिकाको करिब रु दुई करोड ७५ लाख लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको छ ।
प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ भने बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिनेछ ।
महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर उक्त कार्यका लागी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो ।