आखिर साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ किन ?

काठमाडौं । बैशाख २०, सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले कोभिडको मौका छोपी मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ ।
त्यस्तै, कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेतापनि सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
यस्तैगरी, विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरका बिल पारदर्शी नभएकोले ५ हजारका दरले जरिवाना गरेको थियो । खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको छ ।
विभागले आइतबार पनि त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सप्लायर्सले मास्कमा दोब्बर मूल्य लिएकाले जरिवाना गरिएको विभागले जनाएको छ । मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी दैनिक ३ टोली अनुगमनमा खटाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।