चार्टर्ड तथा उद्धार उडान सञ्चालनमा रहने

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, सरकारले गए रातिदेखि देशको आन्तरिक उडान स्थगन गरेको छ भने अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले बताएको छ ।

त्यसैगरी, भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने(जाने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्