बैतडीमा जिप दुर्घटनाहुदाँ ४ जनाको मृत्यु

बैतडी । बैशाख २१, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ मा जिप दुर्घटनाहुदाँ अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी गरी ४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो ।