बैतडीमा जिप दुर्घटनाहुदाँ ६ जनाको मृत्यु

सहयात्रा टिभी

बैतडी । बैशाख २२, मंगलबार बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएसंगै मृतकको संख्या ६ पुगेको हो ।

त्यस्तै, यसअघि दुर्घटनामा परी पञ्चेश्वर– ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिप चालक तेज बहादुर बोहराको अस्पताल ल्याउदैं गर्दा बाटोमै मृत्यु भएको बताईएको छ ।

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्