यस्तो रहेछ स्याङ्गजाको भिरकोट दरबारका कारण बैंकर अनिल शाह तनावमा पर्नुको सत्यता

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, बैंकर अनिल केशरी शाह हाल भिरकोट नगरपालिकामा रहेको भिरकोट दरबारसँग जोडिएको बिषयले तनावमा देखिएका छन्।

त्यस्तै, संघीयता कार्यन्वयनमा आएपछि स्थानीय सरकारले स्थानीय पुरातात्विक महत्वका वस्तुहरु तथा सम्पदालाई प्राथमिकतामा राख्ने क्रम बढेसँगै भिरकोटको जगतपुर स्थित बाइसे चौबिसे राज्य भएको बेलाको भिरकोट राज्यका राजा तारकबहादुर शाहको दरबारको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने स्थानीय सरकारको माग रहेको छ। तर भिरकोट स्थित उक्त दरबारको मर्मत, संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यमा चाँसो साथ नदिएको भन्दै अनिल शाहको आलोचना हुन थालेको हो ।

आफु अन्तिम भिरकोटे राजा तारक बहादुर शाहको नाति तथा डा. नारायण केशरी शाहको छोरा भएकाले भिरकोटका स्थानीयले उक्त दरबारसँग आफुलाई जोडिएपनि उक्त दरबार आफ्नो नाममा नभएको शाहले बताए। उनका अनुसार उक्त दरबार राजा तारकबहादुर शाहका जेठा छोरा ऋषिकेश शाहका जेठा छोरा प्रकाश शाहको नाममा रहेको छ।

अनिल शाह राजा तारकका अर्का छोरा भिरकोटे राजकुमार नारायण केशरी शाहका जेठा छोरा हुन्।

चौबिसे राज्य भिरकोट राज्यका उक्त दरबारको संरक्षण तथा प्रवर्द्धन गर्न खोजिनु राम्रो र सकारात्मक बिषय भएपनि उक्त दरबार आफ्नो नाममा नरहेकाले आफुले यसमा कुनै ठोस निर्णय लिन नसक्ने शाहले स्पष्ट पारे। एजेन्सीहरुको सहयोगमा ।

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्