कस्तो रहला आज दिनभरको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको देशभरका मौसम प्रभाबारे विवरण सार्वजनिक गरेको छ ।

बिहानैदेखि देशका धेरैजसो स्थानमा मौमस बदली भइरहेको छ भने आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ ।

त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीरअसिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साथै गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

 

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्