बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बागलुङ । बैशाख २३, कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको र उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेले बताउनुभयो ।

धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा २१ जना संक्रमित उपचाररत छन् भने जिल्लामा २७४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्