४०८ जनालाई सगरमाथा आरोहणका लागि अनुमति दिईयो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, ४ सय ८ जनलाई सगरमाथा आरोहणका लागि पर्यटन विभागले अनुमति दिएको छ।

४३ समूहका ३१५ पुरुष र ९२ महिला र १ अन्यलाई विभागले सगरमाथा आरोहणका लागि अनुमति दिएको हो। अनुमति लिनेबाटमात्र विभागले ६६ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ।

त्यस्तै, यो सिजनमा कूल ७४२ जनालाई हिमाल आरोहणको अनुमति दिइएको जसबाट कूल ७१ करोड रुपैयाँ रोयल्टी संकलन गरेको बताईएको छ।

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्