अब एनआईसी एशिया बैंकबाट अनलाइन खाता खोल्न सकिने

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, अब एनआईसी एशिया बैंकको खाता अनलाइनबाट खोल्न सकिने व्यवस्था गरीएको छ ।

खाता खोल्न बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमार्फत अनलाइन एकाउन्ट ओपनिङमा ट्याप गर्नुपर्ने हुन्छ ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीका ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले २१ लाख बराबरको बिमा सुविधा प्रदान गर्दै आएको बैंकले बताएको छ ।

उक्त बचत योजना अन्र्तगत १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रूपैयाँसँगै विभिन्न निः शुल्क सुविधाहरू रहेका छन् । साथै, अनलाइन खाता खोली पहिलोपटक मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मो–बैंक) बाट पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम ५०० नगद फिर्ता प्राप्त गर्न सकिने छ ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्