शिक्षा मन्त्रालयको आग्रहद्धारा ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने कुरामा अर्थमन्त्री सकरात्मक

काठमाडौं । बैशाख २४, प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन अर्थमन्त्रालयको पनि सकरात्मक प्रतिक्रिया देखिएको छ ।
त्यस्तै विगत पाँच वर्ष देखि तलब बढाउन शिक्षा मन्त्रालयले आग्रह गरे पनि मन्त्रालयले वेवास्था गर्दे आएकोमा यस वर्ष भने अर्थमन्त्रालय सकरात्मक देखिएको हो । स्रोतका अनुसार प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन शिक्षा मन्त्री आफै निरन्तर लागि परेको बताएको छ ।
त्यस्तैगरी, ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा आगामि बजेटमा माग सम्बोधन हुने जानकारी दिनु भएको छ ।