के हो अक्सिमिटर ? कति पर्छ मूल्य र यसका फाईदाहरु के के हुन् ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले ।

एक्कासी बेहोस भएपछि तुरुन्त अक्सिजनको मात्रा परीक्षण गरियो त थाहा भयो कि बिरामीको शरीरमा धान्नै नसक्ने गरी अक्सिजनको मात्रा घटेको रहेछ ।

दोस्रो भेरियन्टको कोरोना भाइरसको महामारी बढिरहेको बढेसँगै अस्पतालमा बिरामी राख्न सक्ने अवस्था नरहेको भनेर सरकारले हात उठाइसकेको अवस्थामा घरमै आइसोलेसनमा बस्दा आफ्नो शरीरमा अक्सिजनको मात्रा कसरी परीक्षण गर्ने त ?

डा. पुनका अनुसार जतिबेला मान्छेले आफ्नो शरीरमा अक्सिजनको मात्रा घटेको महसुस गर्छ, त्योबेलासम्म उसमा जोखिमको मात्रा बढ्दै गएको हुन्छ । त्यसैले त्यही अक्सिजनको मात्रा शरीरमा कम भएको महसुस गर्नुभन्दा पहिले नै त्यसको मात्रा पत्ता लगाउने प्रविधि हो, अक्सिमिटर । यही अक्सिमेटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ ।

त्यस्तै, एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ भने ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

हाल कोरोना भाइरसको महामारी बढिरहेको बेलामा अक्सिजनको अभावले धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढिरहेको बेला शुरुमा नै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुने उनी बताउँछन् ।

यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो । यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ । यसले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्छ ।

पल्स अक्सिमिटरले शरीरको स्वास्थ्य परीक्षणमा निम्न फाइदा गर्छ :

  1. समयको साथमा अक्सिजनको मात्राबारे निरीक्षण गर्न
  2. विशेषगरी नवजात शिशुहरूमा अक्सिजनको कमीका कारण खतरनाक स्थितिबारे सूचना दिन
  3. दीर्घकालीन श्वासप्रश्वास वा हृदयसम्बन्धी समस्या भएका मानिसहरूको मानसिक स्थितिको विश्लेषण गर्न ।
  4. पूरक अक्सिजनको लागि आवश्यकता मूल्यांकन गर्न ।

अक्सिमिटर कम्पनी अनुसार ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको मूल्य तोकिएको छ ।

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्