काठमाण्डौमा १५ दिन थपिने भयो निषेधाज्ञा

काठमाडौं । बैशाख २७, कोरोना भाइरसको संक्रमण निकै तेज गतिमा फैलिएको र लकडाउनको प्रभावले काम गरेको देखिएपछि काठमाण्डौको लकडाउन १५ दिन थपिने भएको छ ।
सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । यस अघि जारी भएको निषेधाज्ञा २९ गते सकिँदैछ ।