बाँकेमा १२ घण्टामा १२ जनाको मृत्यु

बाँके । बैशाख २८, बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको छ ।
उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पुर्वका छन् ।
त्यस्तै सोमबार २४ घण्टाको अवधिमा देशभर १३९ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।