बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा

बारा । बैशाख २८, धार्मिक पर्यटनको मुख्य आधार भएको बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा परेको छ ।
त्यस्तै संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना, प्रदेश सरकारको प्रादेशिक महत्वका धार्मिक, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय सरकारको वार्षिक योजनासमेत कागजमै सीमित भएको बताईएको छ ।
प्रदेश सरकारको सहयोगमा गढीमाइमा ७ करोड ६० लाख रुपैयाँको विवाह मण्डप र धर्मशाला निर्माण गर्ने योजना शिल्यान्यास गरेसँगै त्यसै थन्किएको छ । भारत र नेपालकै बारा, पर्साबाट गढीमाई आउने दर्शनार्थीहरुको संख्या बढेपनि व्यवस्थापनमा सुधार हुन सकेको छैन ।