गाजा क्षेत्रमा इजरायलको बमबारी, ३६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २९, गाजा क्षेत्रबाट रकेट प्रहार भएपछि सेनाले गाजा स्ट्रीपमा बुधबार बिहानदेखि विभिन्न क्षेत्रहरुलाई निसाना बनाएर बमबारी गरिरेको छ ।
बुधबार बिहान गाजा क्षेत्रबाट प्रहार भएको रकेट आस्केलननजिक रहेको इजरायली पाइपलाइनमा लागेको थियो । जसले गर्दा त्यहाँ ठूलो आगलागी पनि भएको थियो ।
सोमबार हमासले इजरायलतर्फ रकेट प्रहार गरेपछि नैइजरायलले हवाई हमला शुरु गरेको थियो ।
गाजामा रहेका स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म १० बालबालिकासहित ३६ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
पूर्वी जेरुसेलममा रहेको अल–अक्सा मस्जिदबाट आफ्ना सुरक्षाकर्मी हटाउन हमासले इजरायललाई अल्टिमेटम दिएको थियो । इजरायली सुरक्षाकर्मीसँगको झडपमा पछिल्ला केही दिनमा ७ सयभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।