त्रिशुलीमा जिप खस्दा हराईरहेकी ११ वर्षीया जेनिसाको तीब्र रुपमा खोजी

काठमाडौं । बैशाख २९, अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु१ च ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको छ । उक्त दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै बेपत्ता छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्यापेको हुनसक्ने आशंका गरेका छन्।
जिप निकाल्ने प्रयास भइरहेको छ ।
जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् । उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।