माइती नेपालद्धारा वीरगञ्ज महानगरपालिकालाई सहयोग

सहयात्रा टिभी

वीरगञ्ज । जेठ २, माइती नेपाल वीरगञ्ज शाखाकी प्रमुख संगीता पुरीले वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीलाई आइतबार ५० हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेकी छन् ।

त्यसैगरी मेडिकल मास्क ४ सय थान, पीपीई सेट २५ थान, पञ्जा १ सय थान, फेसशिल्ड २५ थान र अक्सिमिटर २ थान हस्तान्तरण गरिएको माइती नेपालले बताएको छ ।

पर्सामा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री महानगरपालिकालाई हस्तान्तरण गरिएको माइती नेपाल वीरगञ्ज शाखा प्रमुख पुरीले बताइन् ।

प्रकाशित : 16 May, 2021

प्रतिक्रिया दिनुहोस्