भारतमा तहल्का मच्चाउन सुरु गरेको चक्रपातः भोली देखि नेपालमा पनि असर पर्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ २, अरब सागरमा विकसित ‘ताउ ते’ नाम दिइएको चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । यस्को कारणले नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान गरीएको छ ।

नेपालमा चक्रवातको असर भोलि (सोमबार) देखि नै देखिन थाल्छ । भोलि विशेषगरी पश्चिम भूभागमा बदली हुने मौसमविद् मञ्जु वासीले बताईन्।

अहिलेसम्मको विश्लेषणअनुसार मंगलबार र बुधबार खासगरी देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना रहेको छ।

‘अहिलेसम्म चक्रवात समुद्रमै छ, भोलितिर त्यो भारतको गुजरात जमिनमा प्रवेश गर्ने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्, ‘जमिन प्रवेश गरेपछि त्यसले कुन दिशा समात्छ भन्ने कुराले नेपालमा पर्ने असर अनुमान गर्न सकिन्छ।’

भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–पश्चिम पुगेको छ। चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुका क्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ।

 

प्रकाशित : 16 May, 2021

प्रतिक्रिया दिनुहोस्