कोरोनाबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको आज बिहान कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ ।

त्यस्तै केहीदिन उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

वि. सं २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्